Tuesday, October 1, 2024

लुम्बिनीमा प्रदूषण बढ्न थालेपछि संरक्षणको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं–प्रदूषणका कारण विश्व सम्पदामा सूचीकृत लुम्बिनीको ऐतिहासिक, पुरातात्त्विक क्षेत्रमा प्रतिकूल असर परेको भन्दै संरक्षणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

लुम्बिनी क्षेत्रमा प्रदूषणजन्य उद्योग दर्ता गरेको र त्यसले यो क्षेत्रमा गम्भीर असर गरेको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल, वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी, सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठसहितले बुधबार रिट दायर गरेका हुन्।

लुम्बिनी क्षेत्रमा रहेका उद्योगबाट निस्कने धुवाँ, धुलोले लुम्बिनीको पु्रातात्तिक महत्वमा असर गरेको तथा पर्यटकसँगै स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर निम्त्याने खतरा रहेको रिटमा दाबी गरिएको छ।

प्रधानमन्त्री कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग विभाग, सडक विभाग, लुम्बिनी विकास कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल नेसनल कमिसन फर युनेस्को, जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई विपक्षी बनाइएको छ।

त्यसैगरी, त्यहाँ सञ्चालित सुप्रिम सिमेन्ट प्रालि, गोयन्का सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे स्टिल, रिलायन्स सिमेन्ट, सिद्धार्थ सिमेन्ट, ब्रिज सिमेन्ट, अग्नि सिमेन्ट, कैलाश सिमेन्ट, विशाल सिमेन्ट, अर्खाखाँची सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, श्याम प्लाइउड, हिमालयन स्न्याक्स एन्ड नुडल्स, सिद्धार्थ आयल इन्डस्ट्रिजसहितलाई समेत विपक्षी बनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार