काठमाडाैं– हरेक वर्ष सुख्यायाममा डढेलोको जोखिम रहन्छ। यो समयमा विशेषगरी पहाडी र तराईका वनजंगलमा डढेलो लाग्ने गर्छ।
कतिपय क्षेत्रमा त बर्खायाममा घाँस राम्रो हुन्छ भनेर समेत वनजंगलमा डढेलो लगाउने गरिन्छ। तर, डढेलोकै कारण बोटबिरुवा नासिने मात्र होइन, वन्यजन्तु समेत मर्ने गरेको वन तथा भू–संरक्षण विभागले जनाएको छ।
प्रकोप व्यवस्थापक विज्ञहरुका भनाइमा सुख्खा, तापक्रम, जल्ने वस्तु र हावाका नै डढेलोको प्रमुख कारण हो। यसरी डढलो नियन्त्रणमा नेपाली सेना समेत खटिने गरेको छ। हालै मुलुकका विभिन्न क्षेत्रका वनजंगलमा लागेको डढेलो नियन्त्रणका लागि समेत सेना खटिएको थियाे। हेरौं तस्वीरमा।
तस्वीर सौजन्य : नेपाली सेना




















