Tuesday, October 1, 2024

सार्वजनिक स्थलमा पर्यटकलाई खानेपानी

पाल्पा–‘एक घर, एक धारा’ जडानको अभियान सञ्चालनपछि सार्वजनिकस्थलमा खानेपानी समस्या खेप्न बाध्य भएका पर्यटकका लागि नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा सार्वजनिक धारा निर्माण गरेको छ।

गोरखदल गणले करीब दुई महीनामा दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेको हो।

नेपाली सेनाको तानसेनस्थित गोरखदल गणले तानसेनस्थित पाल्पा दरबार सङ्हग्रालय नजिकै र सेनाले टुँडिखेलमा ठूलो क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेसँगै मिनरल बोतलको महङ्गो पानी किनेर पिउनुपर्ने बाध्यता हटेको हो।

पाल्पाको तानसेन पर्यटकीय नगरीका रूपमा रहेकाले पर्यटकको आवतजावत भइरहने गर्दछ। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नेपाली सेनाले दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेपछि खानेपानीका लागि सहज भएको हो।

गोरखदल गणका गणपति सुरज थापाले खानेपानी ट्याङ्की उद्घाटन गर्दै ट्याङ्की निर्माणले सेना र नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन र पाल्पा घुम्न आउने पर्यटकलाई फाइदा पुग्ने बताए।

तत्कालीन पाल्पाका तैनाथवाला प्रतापशम्शेर जबराको पालामा बनेको कलधारालाई जीर्णोद्धार गरी पर्यटक र सर्वसाधारणलाई पिउने पानीको सहज व्यवास्था भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । सेनाले तानसेनस्थित टुँडिखेलमा पनि एक वर्षअघि नै यस्तै प्रकारको खानेपानी ट्याङ्की निर्माण म्पन्नपछि त्यस क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रुलाई खानेपानी सहज भएको स्थानीय बासिन्दा डिलबहादुर रानाले बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार