Tuesday, October 1, 2024

मेलम्चीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

मेलम्चीमा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार भएको र छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अदुअआमा उजुरी दिएको हो। उक्त उजुरी अदुअआका प्रवक्ता प्रदीपकुमार कोइरालाले बुझेका थिए।

सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का
२४ माघमा रद्ध गरेको थियो।

नयाँ वर्ष सन् २०१९ मनाउन भनेर इटली गएका सिएमसीका कामदार नफर्केपछि सरकारले ठेक्का रद्द गरेपनि नयाँ प्रक्रिया शुरु भएको छैन।

ताजा समाचार

सम्बन्धित समाचार