काठमाडौँ – काठमाडौँ महागरपालिकाले महानगरभित्रको धुलो तथा फोहोर सफा गर्न मंगलरबारदेखि आफ्नै स्वामित्त्वमा रहेको पाँच ब्रुमर सञ्चालनमा ल्याएको छ।
काठमाडौँलाई धुवाँ, धुलो र ध्वनीमुक्त सहर बनाउने भन्दै महानगरले १० करोड ८० लाख खर्चेर पाँच ब्रुमर सञ्चालनमा ल्याएको हो।
युरो ४ एमिसन स्टाण्डर्डको डुभेलो ६००० मोडलको यी ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट रहेको छ। डिजेलबाट चल्ने ब्रुमरका अगाडि एउटा, छेउमा दुईवटा र बीचमा एउटा गरी चारवटा ब्रस रहेको छ । ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता रहेको यी ब्रुमरको अधिकतम क्षमता २५ हजार स्क्यानर मिटर (०.०२५ स्क्यानर किलोमिटर) प्रतिघण्टा रहेको महानगरको भनाइ छ।
ब्रुमर सञ्चालन हुने रुटहरू
रुट नं १ – महानगरका अनुसार पहिलो रुटको ब्रमुर टेकुबाट सफाइ शुरु गरी सोल्टीमोड हुँदै कलंकीसम्म पुग्नेछ । त्यसपछि सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्धशालिक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मको मूल सडकसम्म बढार्नेछ । त्यसपछि फर्केर जमल, विश्वज्योति, घण्टाघर, भद्रकाली, शहीदगेट हुँदै सुन्धारासम्म पुग्नेछ।
रुट नं २ – दोस्रो रुटको ब्रुमर टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, बानेश्वर, तीनकुने हुँदै अन्तर्रा्ष्ट्रिय विमानस्थलसम्म पुग्नेछ । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर पेप्सीकोलासम्मको सडक बढार्नेछ । पेप्सीकोलाबाट कोटेश्वर नयाँ वानेश्वर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खुसम्म पुगेर फर्किनेछ।
रुट नं. ३ – तेश्रो रुटको ब्रुमर टेकुबाट छुटेर त्रिपुरेश्वर सुन्धारा भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली हुँदै सिंहदरबारबाट पुतलीसडकतर्फको सडकसम्म पुग्नेछ । त्यसपछि पुतलीसडकबाट कमलादीमोड, हात्तीसार, जयनेपाल हल दरबारमार्ग कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक सफा गर्नेछ । त्यहाँबाट दरबारमार्गको महेन्द्र शालिकबाट नारायणहिटी हुँदै केशरमहल चोक, त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भुगर्भ्विभाग अडाडिको चोक नारायणहिटीको उत्तर गेट गैरीधारा ( प्रहरी हेडक्वार्टर पछाडिको चोक) सभामुख क्वार्टर राष्ट्र बैंक, प्रधानमन्त्री निवास (बालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा नम्बर ३ को कार्यालयसम्मको सडक बढार्नेछ।
त्यहाँबाट फर्किँदा शितलनिवास, पानीपोखरी हुँदै लैनचौर, सोह्रखुट्टे बालाजु (रिङरोड) सोरखुट्टेबाट विष्णुमति लिंक रोडको इन्द्रायणी नरदेवी पुलदेखि टेकुसम्मको सडक बढार्नेछ।
रुट नं. ४– चौथो रुटको ब्रुमर टेकुबाट पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर, सिनामंगल, एयरपोर्ट, गौशाला, चावहिल, होटल हायात चुच्चेपाटीसम्म पुग्नेछ । त्यहाँबाट फर्किएर चावहिल, गौशाला, बत्तीसपुतली, पुरानो वानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, सिंहदरबार, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर हुँद टेकुसम्म पुग्नेछ।
रुट नं. ५ – टेकु, त्रिपुरेश्वर पोस्ट अफिस, न्युरोडगेट, बसन्तपुर, इन्द्रचोक, न्युरोड, महांकाल, जमल, केशरमहलबाट त्रिदेवीमार्गसम्मको सडक पाँचौ रुटको ब्रुमरले सफा गर्नेछ। त्यसपछि ठमेलबाट फर्केर दरबारमार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर मण्डला, सिंहदरबारको दक्षिण ढोकासम्म सडक बढार्दै जानेछ । त्यहाँबाट हनुमानस्थान, थापागाउँ, अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, पुरानो वानेश्वरको रत्नराज्य स्कुल, मध्य वानेश्वर, बत्तीसपुतली चोक, मैतीदेवी, डिल्लीबजार, बागबजार, प्रदर्शनीमार्ग, भद्रकाली त्रिपुरेश्वर हुँदै टेकु बल्खु, कलंकी सीतापाइला बालाजु, गोंगबु, नारायणगोपाल चोक, चावहिल, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार पुरानो बसपार्कबाट त्रिपुरेश्वर हुँद टेकु पुग्नेछ ।









