संरक्षणको अभावमा जीर्ण बन्दै रानीमहल (फोटो फिचर)

काठमाडौँ – पाल्पाको ऐतिहासिक, पर्यटकीय तथा धार्मिकस्थल रानीमहल संरक्षणको अभावमा दिनानुदिन जीर्ण बन्दै गइरहेको छ।
वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर, पाटीपौवासहितको निर्माण कार्य पूरा भएको रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि अवस्थित छ।
पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन्।
तर, पछिल्लो समय उचित संरक्षण तथा सम्बद्र्धन अभावमा सुन्दर तथा आकर्षक रानीमहलको सुन्दरता नासिँदै गएको छ।
उचित स्याहार सम्भार नुहँदा रानीमहलका भित्तामा विभिन्न घाँस तथा झारहरू पलाउन थालेका छन्। यसका साथै महलका भित्ताहरू लेउ नै लेउले भरिन थालेकाे छ।
यसका साथै रानीमहल भित्र भएका संरचना पनि जीर्ण बन्दै गइरहँदा जीर्णोद्धार भएको पाइँदैन्।

ताजा समाचार

सम्बन्धित समाचार