Tuesday, October 1, 2024

भीमदत्तका चार वडामा किटनाशकयुक्त झुल वितरण

महेन्द्रनगर–भीमदत्त नगरपालिकाका चार वडामा किटनाशकयुक्त सुपानेट झुल वितरण गरिएको छ। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयसित सहकार्यमा गैरसरकारी संस्था लाइफ लाइन नेपालले नगरपालिकासित समन्वयमा वडा नम्बर ३, ४, ६ र १३ मा किटनाशयुक्त सुपानेट झुल वितरण गरेको छ।

वडा नम्बर ६ मा सबैभन्दा बढी ९ हजार ८ सय २५ झुल वितरण गरिएका छन्। वडा नम्बर ६ का वडा अध्यक्ष हरकसिंह धामीले दुई हजार चार सय ७५ परिवारलाई झुल वितरण गरिएको बताए।

‘दुई दिनसम्म कार्यक्रम गरी झुल वितरण गरिएको छ, माग बढी आएपछि दोस्रो झुल ल्याएर वितरण गरिएको छ’ उनले भने,‘ एकदम राम्रो भएको छ, यसबाट वडा वासिन्दालाई लाखखुट्टेको टोकाइबाट बच्न सकिने आशा लिएका छौ।’

वडा कार्यालयले गत वर्ष वडामा किटनाशक विषादी छर्केको थियो। यस वर्ष पनि विषादी छर्किने कार्यलाई निरन्तरता दिइने अध्यक्ष धामीले बताए।

भीनपा वडा नम्बर ४ मा ५ हजार, ३ मा ५ हजार र १३ मा ४ हजार झुल वितरण गरिएका छन्। वडा नम्बर ३ का अध्यक्ष राम बहादुर जप्रेलले झुल वितरणबाट वडा वासीलाई ठूलो राहत मिलेको बताए।

गत वर्ष भीनपा ७ हल्दुखालमा झुल वितरण गरिएपछि वडा नम्बर ३ मा वासिन्दाले आफूहरुलाई समेत पाउनु पर्ने माग राखेका थिए। वडा नम्बर ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराले माग अनुसार सबैलाई झुल दिन नसकिएको बताए।

‘अझै ५ सय जनालाई झुल दिन बाँकी छ, अरुलाई बाँडि सकेका छौ’ उनले भने। भीनपा वडा नम्बर १३ का अध्यक्ष लाल बहादुर शाहीले पनि तीन सय वासिन्दालाई झुल नपुगेको बताए। सरकारको औँलो निवारण कार्यक्रम अन्र्तगत किटनाशक झुल वितरण गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार