Saturday, October 19, 2024

आर्थिक समृद्धिको प्रमुख आधार पानी : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पानी भएको वताएका छन् ।

राजधानीमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रचण्डले नदीनालाहरुको राम्रो व्यवस्थापन गर्न सके मुलुक समृद्धिको वाटोमा जाने वताए । ‘नेपालमा हामीसँग यति धेरै नदीनाला छन् । हामीले आर्थिक समृद्धिको नयाँ संकल्प गदैछौ, त्यसको सबैभन्दा महत्वपूर्ण आधार पानी नै हो ।’

उनले भने, ‘अहिलेको युग पानीको युग हो । विश्लेषकहरुले अब तेस्रो विश्वयुद्ध भए पानीकै कारणले हुने विश्लेषण गरेका छन । अहिलेको दुनियाँमा पानी नै विश्वको सबैभन्दा ठूलो शक्ति हो ।’

उनले पानीको वहुआयामिक विशेषता भएपनि नेपालले भने सिमित क्षेत्रमा मात्रै उपयोग गरेका वताए । ‘जलविद्युत, पिउने पानीको निर्यात लगायत अन्य पर्यटन प्रवद्र्धनको लागि पानीको प्रयोग गर्न सकिन्छ,’ दाहालले भने ।

ताजा समाचार

सम्बन्धित समाचार