काठमाडौँ – वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको ‘वातावरण संरक्षण पुरस्कार’का लागि पाँच विधामा आवेदन माग गरेको छ।
मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै वातावरण संरक्षण पुरस्कार, वातावरण संरक्षणमा महिला पुरस्कार, वातावरण मैत्री उद्योग पुरस्कार, उत्कृष्ट वातावरण पत्रकार पुरस्कार, जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार गरी पाँच विधामा पुरस्कारका लागि आवेदन माग गरेकाे हाे ।
मन्त्रालयले वातावरण संरक्षण तथा सम्बन्द्र्धनको क्षेत्रमा काम गरिरहेका संघ/संस्था/व्यक्ति/समुदाय आदिलाई आफूले गरेको कार्यको विवरण तथा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको ३० दिनभित्र मन्त्रालयमा आवेदन दिनसक्ने बताएको छ ।





