Saturday, October 19, 2024

फोहोरमुक्त स्वच्छताः ७ नं प्रदेशको प्रतिवद्धता

आफ्नो वार्षिक निती तथा कार्यक्रम सार्वजनिक गदै ७ नंं. प्रदेश सरकारले वातावरण संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्ने घोषणा गरेको छ ।

वुधवार सार्वजनिक गरिएको निती तथा कार्यक्रममा ‘फोहोरमुक्त स्वच्छता, ७ नंं. प्रदेशको प्रतिवद्धता” भन्ने नारालाई साकार पार्न तत्कालै स्थानीय तह, समुदाय र सरोकारवालाहरूको सहभागितामा अभियान चलाउने उल्लेख गरिएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभा वैठकमा १८ वुँदे निती तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

त्यसैगरी सामुदायिक तथा अन्य वनहरुको संरक्षणलाई पनि निती तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । ‘सामुदायीक वन र वैज्ञानिक वन व्यवस्थापनका लागि वन नीतिलाई परिमार्जन गरि जनसहभागीतालाई ध्यानमा राखि वनमा जनताको संरक्षण र पहँुचलाई सरल सुलभ वनाउने नीति तर्जुमा गरिने छ,’ निती तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी ‘प्रदेश नं ७ मा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुको पहिचान गरेर संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनको लागि न्युनत्तम भौतिक पूर्वाधारको लागि निती योजना तर्जुमा गरिने’ उल्लेख छ । त्यसैगरी प्रदेश नं सातको सम्वृद्धिको आधार जल, विद्युत, जडिवुटी जंगलको विस्तार भन्ने नारा समेत सार्वजनिक गरिएको छ ।

‘जलवायु अनुकूलन कार्यक्रमलाई प्रोत्साहन गरिने छ । वायु तथा ध्वनी प्रदूषण नियन्त्रण गर्ने कार्यलाई प्रोत्साहित गरिने छ । घर घरमा उज्यालोकालागि यस प्रदेशमा अवस्थित नदीनालाहरुमा बिद्युत उत्पादन गर्न सम्भव भएका स्थानहरु पहिचान गरि साना, मझौला तथा ठुला विद्युत उत्पादन आयोजनाहरुको छनौटकालागि अध्ययन, अनुसन्धान र अन्वेषण गरिने छ,’ निती तथा कार्यक्रममा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार