Wednesday, October 2, 2024

मौसममा बदली, वर्षाको सम्भावना

काठमाडौं–पश्चिमी वायुको प्रभावले सोमबार काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागको मौसम बदली भएको छ।
सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वनुमान महाशाखाका अनुसार पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ। राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार