Wednesday, October 2, 2024

सेफ्टी ट्यांकीमा परेर निकुञ्जकाे गैँडा मर्‍यो

भरतपुर–चितवन राष्ट्रिय निकुञ्जको एउटा गैंडाको सेफ्टी ट्यांकीमा खसेर ज्यान गएको छ।

भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगर ल्याण्ड होटलको सेफ्टी ट्यांकी मा परेर शनिबार राति एउटा गैँडा मरेको छ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

उनका अनुसार अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जसँगै रहेको सो होटलको सेफ्टी ट्यांकीको ढकनी कमजोर भएका कारण खसेको हो। उक्त गैंडालाई झण्डै ६ महीनाअघि सुस्ताबाट उद्धार गरी ल्याइएको थियो।

निकुञ्ज प्रशासनका अनुसार निकुञ्जमा चालु आर्थिक वर्षमा प्राकृतिक कारणले ३९ गैँडा मरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार