Saturday, October 19, 2024

तेस्रो म्याराथन प्रतियोगिता वैशाख १२ मा लाङटाङमा हुने

पर्यटन प्रवद्र्धन तथा स्वच्छ वातावरण कायम राख्ने उदेश्यका साथ आगामी वैशाख १२ गते तेस्रो अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा लाङटाङ अन्र्तराष्ट्रिय म्यराथान हुने लागेको हो ।

तीन हजार आठ सय ७० मिटरको केन्जिङगोन्पादेखि स्याफ्रुबेशीसम्मको ४२ किलोमिटर दूरीको लाङटाङ म्याराथान हुने टानले एक विज्ञप्ति मार्फत जनाएको छ । टानले २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पले लाङटाङमा पुर्‍याएको क्षतिले विश्वभर पर्यटन क्षेत्रमा नकरात्मक सन्देश गएकाले सकारात्मक प्रचारका लागि म्याराथन आयोजनाको शुरुवात गरेको हो । यस अगाडी दुई वर्ष प्रतियोगिता भईसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार