Wednesday, October 2, 2024

दिल्लीको तापक्रम उच्च, वायुको गुणस्तर न्यून

नयाँदिल्ली–भारतको राजधानी नयाँदिल्ली र यस वरपरका क्षेत्रमा वायुको ताप उच्च वृद्धि भएको छ।

नयाँदिल्लीसहित गुरुग्राम, फरिदावाद, नोइदा, घाजिआबाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा अत्यधिक तापक्रम वृद्धि भएको अधिकारीहरुले जनाएका छन्।

मौसम विभागले दिएको जानकारी अनुसार बिहीबार बिहानको तापक्रम ३१ डिग्रि सेल्सियस थियो भने शुक्रबार बिहानको तापक्रम अझ बढेर ३२ डिग्री सेल्सियस पुगेको थियो ।

मार्च महिनाको अन्त्य सम्ममा यस क्षेत्रको तापक्रम ३६ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्हरुले गरेका छन्। उनीहरुले अप्रिलको दोस्रो हप्तासम्ममा त्यो तापक्रम बढेर ४० डिग्रीसम्म पुग्न सक्ने बताएका छन्।

तापक्रम बृद्धिसँगै वायुको गुणस्तर पनि कमजोर हुँदै गएको छ। दिन प्रतिदिन वायुको गुणस्तर खस्किदै गएको अधिकारीहरूले जनाएका छन्।

खस्किएको वायुको गुणस्तर र तापक्रमको बृद्धिले बालबालिका र वृद्धवृद्धाहरूलाई बढी असर पर्ने भएकाले ख्याल गर्न विज्ञहरूले आग्रह गरेका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार