Wednesday, October 2, 2024

आज विश्व खानेपानी दिवस-२०१९: सुरक्षित पानी भनेको के हो ?

काठमाडाैं–आज विश्व पानी दिवस। पानी दिवसको यस वर्षको नारा ‘कसैलाई पनि पछाडि नछोडाैं’ रहेको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।

यो नाराले दीर्घकालीन विकास लक्ष्य २०३० को केन्द्रिय प्रतिज्ञालाई समेटेको छ। दीर्घकालीन विकास अगाडि बढ्दा सबैले फाइदा पाउनुपर्छ भन्ने हो।

यो कसरी पानीसँग सम्बन्धित छ ?
दीर्घकालीन विकास लक्ष्यको बुँदा नं ६ मा सन् २०३० भित्र सवैलाई पानी उपलब्ध गराउने र पानीको दीर्घकालीन व्यवस्थापन गर्ने भनिएको छ। यस परिभाषा अनुसार कसैलाई पनि पछाडि पर्न नदिने रहेको छ।

अहिले के समस्या छ ?
अहिले करोडौ मानिसमा सफा पानीको उपलब्धता छैन। घरमा, स्कुलमा, कार्य क्षेत्रमा, खेतबारी र उद्योगधन्दामा पानीको अभाव छ जसले गर्दा कठिन अवस्थाको सिर्जना भइरहेको छ। त्यसमाथि पनि महिला, वालवच्चा, शरणार्थी लगायतका समुदायले अझ बढी समस्या भोगिरहेका छन्।

सुरक्षित पानी भनेको के हो ?
सुरक्षित रुपमा व्यवस्थापन गरिने पानीको उपलब्धतालाई छोटकरीमा सुरक्षित पानी भनिन्छ। जसको अर्थ हो–पानी घर आंगनमा नै उपलब्ध होस्, चाहेको समयमा उपलब्ध होस र कुनै पनि प्रदूषणबाट मुक्त पानी होस्।

पानी किन मानव अधिकार हो ?
संयुक्त राष्ट्रसंघले सन् २०१० मा सुरक्षित र सफा पानी र चर्पीलाई मानव अधिकारको रुपमा व्याख्या गरेको छ। मानिसको जीवनमा पूर्ण रुपमा मनोरन्जन प्राप्त गर्न र अन्य मानव अधिकारको उपयोगको लागि यो अत्यावश्यक छ। पानीको मानव अधिकारको अर्थ सवैलाई विना कुनै विभेद पानी प्राप्त गर्ने अधिकार अधिकार हो।

ताजा समाचार

सम्बन्धित समाचार