Wednesday, October 2, 2024

वन दिवसमा मनोहरा खोला छेउमा वृक्षरोपण

काठमाडौं–अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा बिहीबार बिहान काठमाडौं फरेष्ट्री क्याम्पस नजिकै रहेकाे मनोहरा खोला छेउमा वृक्षरोपण गरिएको छ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, वन सचिव डा. विश्वनाथ ओली लगायतको सहभागितामा वृक्षरोपण गरिएको हो।

वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आयोजना तथा विभिन्न संघसंस्थाको आयोजनामा बिहीबार वन दिवस मनाइँदैछ।

सोही अवसरमा बिहीबार अपराह्न बबरमहलस्थित वन परिसरमा वन मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना हुँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय वन दिवसको नारा ‘वन र शिक्षा’ रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार