Saturday, October 19, 2024

यसरी मनाइँदैछ २३ औ वन्यजन्तु सप्ताह

काठमाडाै -‘समृद्धिको लागि वन्यजन्तु संरक्षण’ भन्ने नाराका साथ वैशाख १ गतेदेखि २३ औं वन्यजन्तु सप्ताह मनाउने निर्णय गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले त्यसको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ ।

सप्ताहको पहिलो दिन वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले रेडियो सन्देश दिने छन् । विभागले वन्यजन्तु संरक्षण सम्बन्धि होर्डिङ बोर्ड राख्ने कार्यक्रम तय गरेको छ । वन्यजन्तु सप्ताहको अवसरमा लाङटाङ राष्ट्रिय निकुञ्जले रेडपाण्डा भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणको सन्देश दिने उद्धेश्यले रेडपाण्डा भलिबल प्रतियोगिता कार्यक्रम गर्न तय भएको लाङटाङ एरिया कन्जरभेसन कन्सर्न सोसाइटी (ल्याकस) का अध्यक्ष सन्तोष घलेले हाकाहाकीलाई वताए । स्थानीय तहमा जनचेतना वढाउने उद्धेश्यले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको नाममा भलिवल प्रतियोगिता गरिने र सातौ दिनमा रेडपाण्डाको जन्मोत्सवमा केक काटिने उनले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तु सप्ताहको दोस्रो दिन पंक्षी संरक्षण संघ नेपालको संयोजनामा ललितपुरको गोदावरीमा चरा अवलोकन कार्यक्रम राखेको छ । तेस्रो, दिन विश्व वन्यजन्तु कोषको हरियो वन कार्यक्रम अन्र्तगत माध्यमिक तहसम्मका विद्यार्थीहरु बीच चित्रकला प्रतियोगिताको कार्यक्रम राखेको छ । चित्रकलामा वन्यजन्तुको संरक्षण र सम्बद्र्धनको विषयमा चित्र उतार्नुपर्नेछ । चौथो दिन, विभागकै समन्वयमा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तक्रिया कार्यक्रम राखिएको छ । वातावरण विज्ञ, वन्यजन्तु संरक्षणमा लामो समयदेखि काम गरिरहेका विज्ञसँग अन्र्तक्रिया कार्यक्रमको आयोजना हुने छ ।

पाँचौ दिन विभागले चिडियाखानाको संयोजनमा जावलाखेलमा फोटो प्रतियोगिता कार्यक्रम राखेको छ । छैठौ दिन नेपालमा उल्लु(लाटोकसेरो) संरक्षणका विषयमा बबरमहलमा हुनेछ । प्रकृतिका साथी नामक संस्थाका अध्यक्ष राजु आचार्यले लाटोकोसेरोको संरक्षण र संरक्षणमा प्रकृतिमा देखिने प्रभावका विषयमा अन्र्तक्रिया कार्यक्रम गर्नेछन् । त्यस्तै चिडियाखानासँगको सहकार्यमा वन्यजन्तु संरक्षण सँगै जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावका विषयमा अन्र्तक्रिया कार्यक्रम हुनेछ ।

सातौ दिन विश्व वन्यजन्तु कोष, हरियो वन कार्यक्रम सँगको सहकार्यमा माईतिघर, बबरमहल, नयाँ बानेश्वर सम्म वन्यजन्तु सप्ताह र वातावरण संरक्षण ¥यालीको कार्यक्रम छ । औपचारिक रुपमा कार्यक्रम समापन साथै संरक्षणमा सहयोग गर्नेहरुलाई कदरपत्र, सम्मानपत्र प्रदान गर्ने कार्यक्रम छ । विभागका अनुसार वन्यजन्तुको सप्ताहको मुख्य उदेश्य वन्यजन्तुको संरक्षण जनचेतना अभिृद्धिको हो । २०५३ साल देखि विभागको नेतृत्वमा निरन्तर हरेक वर्ष नयाँ वर्षको पहिलो सप्ताहसम्म संरक्षणमा जनसहभागिता जनाउन वन्यजन्तु सप्ताह मनाइँदै आएको छ । वन्यजन्तु सप्ताह केन्द्र सहित सबै संरक्षित क्षेत्रहरूमा मनाइन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार