Wednesday, October 2, 2024

जल तथा मौसम सप्ताहमा पत्रकारहरूसँग अन्तर्क्रिया

काठमाडौं– राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा मंगलबार राजधानीमा पत्रकारहरूसँग अन्तक्र्रिया गरिएको छ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिको आयोजनामा भएको अन्तक्र्रियामा जलस्रोत तथा वातावरण सम्बद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जल तथा ऊर्जा आयोग आयोगका उपाध्यक्ष डा। ऋषिराम शर्माले जलवायु परिवर्तन र डा। पियुस दाहालले जलवायु परिवर्तनले पानीका स्रोतमा पारेको असरबार प्रस्तूति राखेका थिए। त्यस्तै, नेपाल वातावरण पत्रकार समूह ९नेफेज० का कार्यकारी निर्देशक सुबोध गौतमले वातावरण पत्रकारिता र अन्नपूर्ण पोस्टका पत्रकार विकास थापाले जलस्रोत र पत्रकारिताबारे प्रस्तूति राखेका थिए।

कार्यक्रममा सेनका कार्यकारी निर्देशक महेन्द्रबहादुर गुरुङले स्वागत गरेका थिए।

विश्व पानी दिवस र विश्व मौसम दिवसको सन्र्दभ पारेर गत आइतबारबाट सप्ताह सुरु भएको हो।

‘कोही पनि नछुटुन’ भन्ने नारासहित विश्व पानी दिवस र ‘मेरो सूर्य मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने नारासहित विश्व मौसम दिवस मनाइदैछ । हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस र २३ मार्चमा विश्व मौसम दिवस मनाइने गरिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार