Wednesday, October 2, 2024

विषादीको प्रयोग बढेकाेमा चिन्ता

काठमाडौं– दैनिक उपभोग्य कृषिजन्य वस्तुमा विषादीको प्रयोग बढेकामा सांसदले चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रियसभाको मंगलबारको वैठकमा समसामयिक राष्ट्रिय सरोकारका विषयमा धारणा राख्दै सांसदले मानवीय संवेदनाको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको विशेष समयमा सांसद धनकुमारी खतिवडाले कृषिजन्य उपभोग्य वस्तुमा विभिन्न विषादीको प्रयोग बढेकाले खाद्य प्रविधि तथा गुणस्तर विभागले प्रभावकारी अनुगमन गर्न नसकेको गुनासो गरिन। काठमाडौँसहित विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण बढेको र सङ्क्रमित कुखुरालाई किसानले अवैधरुपमा सुई दिइरहेको, दूधमा अखाद्य पदार्थको मिसावट भइरहेको तथा भारतमा प्रतिबन्धित माछा नेपालमा बिक्री भइरहेकाले मानव स्वास्थ्य सम्बन्धि संवेदनशील विषयमा सरकार गम्भिर हुनुपर्नेमा उनले जोड दिइन्।

सांसद खतिवडाले ललितपुरका खोकना र बुङमती क्षेत्रका भूकम्पपीडितले पहिलो किस्ता मात्र पाएको र थप किस्ता पाउन नसकेको अवस्था रहेको बताइन्।

ताजा समाचार

सम्बन्धित समाचार