Wednesday, October 2, 2024

लेन्समा कर्णाली 

काठमाडाैं–यी तस्वीर कर्णालीका हुन्। कर्णालीको जनजीवन, अनि मुलुककै सबैभन्दा लामो नदी कर्णालीलाई लेन्समा उतारेका छन्, पत्रकारद्वय रमेश भुसाल र नवीन बरालले।
उनीहरूले यी तस्वीर कर्णाली नदीको उदगम स्थल तिब्बतबाट नेपाल हुँदै भारतको गंगा संगमस्थलसम्म ४४ दिन यात्रा (३१ भदौ देखि १२ कात्तिकसम्म) को क्रममा खिचिएका हुन्।
यात्राका क्रममा खिचिएका ५० वटा तस्वीर गत शनिबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ। प्रदर्शनी ८ गतेसम्म चल्ने छ।  प्रदर्शनीको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए।

सम्बन्धित समाचार –४४ दिन लगाएर कर्णाली नदीको वैज्ञानिक अन्वेषण

ताजा समाचार

सम्बन्धित समाचार