Saturday, October 19, 2024

तामाकोशी जलविद्युत आयोजना समयमा सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमा नै सम्पन्न गर्न र केही समस्या आईपरेमा वा ढिलाई भएमा आफुलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

आयोजना अवलोकनका लागि उर्जामन्त्री तथा अन्य सरकारी अधिकारीहरु सहित दोलखा पुगेका प्रधानमन्त्री ओलीले ढिलाईसुस्ती गर्नेलाई कार्वाही समेत गर्ने वताए । यो जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो र एकदिन ढिला भएमा मुलुकलाई झण्डै ४ करोडको घाटा हुन्छ । सो आयोजना आगामी वर्षको पुष महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती गरेका कारण काम प्रभावित भएको वताए । उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सबैभन्दा पहिला तामाकोशी जलविद्यूत आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गरे । २०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनामा भुकम्प, भारतीय नाकाबन्दी,विष्फोटक पदार्थको अपूर्तिमा ढिलासुस्ती र नक्सा डिजाईनमा भएको त्रुटिका कारण समयमा सम्पन्न हुन सकेको छैन् ।

ताजा समाचार

सम्बन्धित समाचार