Saturday, October 19, 2024

शनिबारदेखि राम्ररी घाम लाग्ने

काठमाण्डौ– जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि मौसम सफा हुने र राम्रोसंग घाम लाग्ने जानकारी दिएको छ ।

यस अगाडी महाशाखाले वुधवारदेखि मौसम खुल्ने वताएको थियो तर केही दिन लम्बीएको छ । बुधबार देखि शुक्रबारसम्म बेलुकीपख देशभर क्षणिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले हाकाहाकीलाई जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन अघि देखि प्रि–मनसुन बढेकाले तीन दिन अझै मौसममा बदली हुनेछ । देशको पहाडी भागमा बेलुकीको समयमा छिटफुट वर्षा हुने र विहानी पख खुल्ने क्रम केही दिन निरन्तर रहनेछ ।

विशेषगरी पोखरा, सुर्खेत, गोर्खा, ओखलढुङ्गा, जुम्ला लगातयको पश्चिमी तथा पूर्वी भुभागमा बेलुकीपख वर्षा हुने, चट्याङ पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो एक सातादेखि अरेवियन सागरबाट आएको वायुको प्रभावमा निकै कमी भएपनि स्थानिय वायुका कारण नै मौसममा परिवर्तन आईरहेको छ जसले गर्दा हल्का पानी परिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार