Wednesday, October 2, 2024

जैविक विविधता संरक्षणको माग गर्दै र्‍याली (फोटो फिचर)

काठमाडौं–वातावरणीय सन्तुलन कायम राख्नुपर्ने माग गर्दै सोमबार ललितपुरको जावलाखेलदेखि काठमाडौंको बबरमहलस्थित वन तथा भू–संरक्षण विभागसम्म र्‍याली आयोजना गरिएको छ।

‘जाग जनचेतना अभियान’ नाम दिइएको उक्त र्‍यालीमा सहभागीहरूले वन विनास रोक्नुपर्ने, वातावरण सन्तुलन कायम राख्नुपर्ने आशयका प्लेकार्ड बोकेका थिए।

सरकारले बाराको निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइरहेका बेला अभियन्ताहरूले प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्ने, प्रकृति, वातावरण तथा जैविक विविधतामाथि नकारात्मक असर पर्न दिन नहुने माग राखेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार