Wednesday, October 2, 2024

एक वर्षमा ३९.३६ मेगावाट विद्युत थपियो, यी हुन् ऊर्जा मन्त्रालयका प्रगति

काठमाडौं–ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षको कार्य प्रगति सार्वजनिक गर्दै सो अवधिमा ३९ दशमलव ३६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको जानकारी दिएका छन्।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पुनले उक्त परिमाणको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको र २५ आयोजनालाई उत्पादन तथार ५२ वटालाई सर्वेक्षणको अनुमतिपत्र दिइएको जानकारी दिए।

कुल ७ हजार ४ सय ९० मेगावाट क्षमताका १ सय ७४ वटा जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा रहेको समेत उनले जनाए।

त्यसैगरी, मन्त्री पुनले आफ्नो प्रगति विवरणमा ५ वटा सबस्टेसन र २ वटा प्रशारण लाइन निर्माण भएको विवरण समेटेका छन्, भने आफ्नो मन्त्रालयतर्फका राष्ट्रिय गौरवका आयोजनाको प्रगति समेत समावेश गरेका छन्। यद्यपि, राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक देखिँदैन।

प्रगति विवरणकाे पूर्ण पाठ पढ्नुहाेस्

ताजा समाचार

सम्बन्धित समाचार