Wednesday, October 2, 2024

छुपुमा छुपु चैतमा धान (फोटो फिचर)

छहरे–नुवाकोट जिल्लाको सबैभन्दा सानो गाउँपालिका लिखु। लिखु गाउँपालिकाको छहेरे भएर बग्छ, लिखु खोला। जुन तल गएर तादी खोलामा मिसिन्छ।

चैत सुरु हुँदा त्यही लिखु खोलाको बगर रहेको छहरेमा धान रोपाइँ चलेको छ। पहाडी जिल्ला भएपनि समथल फाँट रहेको छहरेमा दुईपटक धान फल्छ। फागुन अन्तिमतिर वा चैतमा रोपिएको धान भित्र्याउन नपाउँदै बर्खे धान लगाउने हतारो हुन्छ, यहाँका कृषकलाई। बर्खे धान काटेर पनि बाँझो थिएनन् यहाँका खेत। तोरी, आलु लगायतका नगदेबाली भित्र्याएर चैते धान रोप्न थालिएको हो। नजिकै कलकल बगेको लिखु खोलाको पानीको भरपुर उपयोग गरेर चैते धान लगाइरहेका छन्, यहाँका कृषक।

लिखु खोला छेउको फाँटमा मात्र होइन भीरालो जमिन रहेको म्यागङ गाउँपालिकाको सातदोबाटो क्षेत्रमा पनि चैते धान रोप्ने तयारी भइरहेको देखिन्छ। त्यहाँ लिखुजस्तै खोला त छैन तर, माथि जंगल रहेको पहाडबाट बाह्रै महिना बगिरहने पानीलाई पाइपमार्फत् खेतसम्म पुर्याइएको छ। धान रोप्न तयार पारिएका खेतमा टम्म पानी देखिन्छ, भने छेउमै रहेको गहुँ बारी झन लोभलाग्दो बनेको छ। तस्वीरहरु : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार