Wednesday, October 2, 2024

हात्ती पीडित परिवारलाई किरिया खर्च

भद्रपुर–झापाको कनकाई नगरपालिका–२ मा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका होमनाथ खनालको परिवारलाई शुक्रबार काजकिरियावापत रु ५० हजार दिइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले कनकाई–२ स्थित माझी गाउँमा रहेको खनालको घरमै पुगी परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

खनाललाई गत फागुन २८ गते कनकाईस्थित जामुनखाडी सामुदायिक वनको हाताभित्र घाँस काट्ने क्रममा जङ्गली हात्तीले कुल्चेर मारेको थियो ।

पहिलो चरणमा किरिया खर्चवापत सो रकम उपलब्ध गराइएको प्रमुख घिमिरेले बताए ।

उनले बाँकी रकमपछि उपलब्ध गराउन काजजात मिलाएर कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाउने तयारी गरिएको जानकारी दिए ।

हाल सरकारले हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेका परिवारलाई रु १० लाख राहत उपलब्ध गराउने गरेको छ ।(रासस) 

ताजा समाचार

सम्बन्धित समाचार