Wednesday, October 2, 2024

हिमपातले हवाई उडान बन्द

हुम्ला –दुई महीना लगातार नरोकिएको हिमपात फेरी शुक्रबारदेखि हिउँ पर्न शुरु भएको छ । जिल्लामा बिहीबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात शुरु भएको हो ।
लामो समयको हिमपातले यहाँको जनजीवन अझै कष्टकर बनाएको थियो । हिमपातसँगै जिल्लामा चिसो निकै बढेको र हावाहुरी चलिरहेको छ । हिमपात भएपछि जिल्लामा चिसो बढेको तापक्रम माइनसमा झरेको छ ।

हिमपात हुँदा जिल्लाको एकमात्र हवाई यातायात पनि शुक्रबारदेखि ठप्प भएको छ । जिल्लाबाट बाहिर जाने यात्रुलाई समस्या बनाएको छ ।

हिमपातले कर्णाली प्रदेशको बैठकमा सहभागी हुन विमानस्थल पुग्नुभएका सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हिमपातले निकै समस्या बनाएको बताए ।

प्रदेश बैठक शनिबार दिउँसो छ तर जिल्लाको एकमात्र हवाई यातायात चलेको छैन, निकै समस्या बनाएको लामाले बताए ।(रासस)

ताजा समाचार

सम्बन्धित समाचार