Wednesday, October 2, 2024

सामुदायिक वनको अतिक्रमित क्षेत्र हटाइयो

धनगढी–डिभिजन वन कार्यालय पहलमानपुरले घोडाघोडी नगरपालिका–७ मा रहेको जम्नेहटा सामुदायिक वन उपभोक्ता समूहको अतिक्रमित क्षेत्र हटाएको छ।

जम्नेहटा सामुदायिक वन उपभोक्ता समूहको अतिक्रमित क्षेत्र खाली गराइँदै।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भरतप्रसाद श्रेष्ठका अनुसार सामुदायिक वनमा बनाइएका घरटहरा हटाइएको हो। योसँगै अतिक्रमणमा परेको १५ हेक्टर वन क्षेत्र खाली भएको उनले जनाए। जहाँ पक्की घर समेत रहेका थिए।
वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार कैलालीमा एक लाख ९४ तीन सय ९ हेक्टरमा वनजंगल छ।

कैलालीमा अतिक्रमणका कारण वन विनास भैरहेको छ। डिभिजन वन कार्यालय कैलालीका अनुसार कैलालीको एक सयभन्दा बढी ठाउँमा अतिक्रमण भएको छ। बसन्ता जैविक मार्ग, अत्तरिया (राजमार्गको छेउछाउ), पहलमानपुर, झलझलिया, बैजपुर, चिसापानी, बल्चौरलगायत ठाउँको वनमा अतिक्रमण बढ्दो छ।

वन कार्यालय अनुसार कैलालीमा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, संस्थागत गरी २५ हजार पाँच सय हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको परेको छ।

ताजा समाचार

सम्बन्धित समाचार