Wednesday, October 2, 2024

जैविक विविधता संरक्षणमा पहल

बर्दिया–जैविक विविधताको संरक्षण गरिनुपर्ने संरक्षणकर्मीहरूले बताएका छन्।

नेपाल पन्छी संरक्षण सङ्घको नेतृत्वमा देशभरका चरा तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने संरक्षणकर्मीहरूको भेलामा उनीहरूले सो कुरा बताएका हुन्।

नेपाल चरा संरक्षण सञ्जालको दोस्रो राष्ट्रिय भेलामा बर्दिया प्रकृति संरक्षण क्लबको स्थानीय व्यवस्थापन र नेपाल पक्षी संरक्षण सङ्घको संयोजनमा आयोजित तीन दिन सम्म चल्ने कार्यशालाको उद्घाटन गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले चरा तथा उनीहरूको वासस्थान र समग्र प्राकृतिक सम्पदाहरूको संरक्षणमा स्थानीय तह लाग्नुपर्ने बताएका छन्।

नेपाल पन्छी संरक्षण सङ्घका संरक्षण अधिकृत कृष्ण भुसालले समुदायमा आधारित भएर गरिएको चरा तथा जैविक विविधताको संरक्षण अभियान विश्व संरक्षण समुदायका लागि अनुकरणीय कार्य भएको बताए।

कार्यक्रममा नेपालमा रहेका विश्वमै परिचित ३७ महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र मध्ये २५ वटा महत्त्वपूर्ण चरा रहेको स्थानीय आयोजक बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राम बहादुर शाहीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार