Wednesday, October 2, 2024

विश्व बैंकलाई खानेपानीमा लगानी गर्न मन्त्री मगरको आग्रह

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले विश्व बैंकलाई नेपालमा स्वच्छ खानेपानीमा लगानी गर्न आग्रह गरेकी छन्।

खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पु¥याउन सरकार योजनाका साथ अघि बढिरहेको बताइन्।

उनले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै शहरी क्षेत्रमा २४ सै घण्टा प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरिन। तराई मधेश क्षेत्रमा आर्सेनिकमुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराइन।

हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत उनको आग्रह थियो। मन्त्री मगरले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको उल्लेख गर्दै यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाइरहेको जानकारी दिइन्। तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पु(याउन मन्त्रालय योजनाका साथ लागिरहेको उनले जनाइन्।

विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैं तयार रहेको बताए।

ताजा समाचार

सम्बन्धित समाचार