Thursday, October 3, 2024

केमिकलको नकारात्मक असर कम गर्न तत्काल कदम चाल्न आवश्यक

काठमाडौं–संयुक्त राष्ट्रसंघमा आवद्ध मुलुकहरूले केमिकल र फोहोरले वातावरणमा पारेको प्रभावलाई सन् २०२० कम गर्ने प्रतिवद्धता व्यक्त गरेपनि त्यो पूरा नहुने भएको छ।

संयुक्त राष्ट्रसंघले मंगलवार सार्वजनिक भएको एक प्रतिवेदनले केमिकल र फोहोरले मानव स्वास्थ्य र अर्थतन्त्रमा पर्ने असर कम गर्नका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ। सो अध्ययनका अनुसार अहिले वार्षिक रुपमा २.३ बिलियन टन केमिकलको उत्पादन हुने गरेको छ। र, सन् २०३० भित्र त्यो तेब्बर हुनेछ।

केमिकलको फाइदा बढाउने र यो उद्योगको नकारात्मक असरलाई कम गर्ने प्रतिवद्धता सबै मुलुकले जनाएपनि विभिन्न मुलुकले अहिले पनि वातावरणलाई असर गर्नेगरी ठूलो मात्रामा केमिकल सार्वजनिक रुपमा नै फाल्ने गरेका छन्।

सो केमिकल हावा, पानी, माटो, अन्न र मानिसको शरीर जताततै रहेका छन्। सो अध्ययनले यस अगाडि नै यसको असर कम गर्नका लागि अपनाइएको विधिहरुमा जोड दिनुपर्ने उल्लेख गरेको छ। अध्ययनले भनेको छ, ‘केमिकलको प्रयोग मानव जातिका लागि फाइदा वढी छ की घाटा वढी छ भन्ने कुरा यसलाई हामीले कसरी व्यवस्थापन गछौ भन्नेमा निर्भर हुने गर्दछ।’ अध्ययनले सबै समाज र मुलुकले संयुक्त रुपमा नै तत्काल केही गर्नुपर्ने आवश्यकता औल्याएको छ।

प्रतिवेदनका अनुसार विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र केही स्वतस्फूर्त रुपमा अपनाइएका विधिका कारण केही केमिकल र फोहरको नकारात्मक असरलाई कम गरेको छ। तर, प्रगति एकै प्रकारको छैन। त्यसको कार्यान्वयनमा पनि केही ग्यापहरु रहेका छन्। उदाहरणका लागि सन् २०१८ मा १२० भन्दा बढी मुलुकहरुले केमिकलको वर्गीकरण सम्बन्धी सन्धीको कार्यान्वयन गरेनन् ।

विश्व स्थास्थ्य संगठनका लागि केमिकलको कारणले सन् २०१६ मा १६ लाखभन्दा वढी बिरामी परेका थिए, भने केमिकलले पर्यावरणमा समेत गम्भीर असर गरिरहेको छ। आधुनिक समाजमा औषधि उत्पादनदेखि बिरुवाको संरक्षणमा केमिकलले महत्वपूर्ण भूमिका खेलिरहेको छ, जसले दीर्घकालीन विकास लक्ष्य २०३० प्राप्त गर्न समेत सहयोग गर्ने गर्दछ। विश्वभर आर्थिक विकास, जनसंख्या आयाम र अन्य कारणले गर्दा संसारभरी नै केमिकलको बजार बढ्दो मात्रामा रहेको छ।

उदाहरणको लागि निर्माण क्षेत्रमा केमिकलको बजार सन् २०१८ र २०२३ को बीचमा ६ दशमलव २ प्रतिशतले बढने अनुमान गरिएको छ। त्यसमाथि आर्थिक रुपमा उदाउँदा मुलुकहरुमा केमिकलको उत्पादन र प्रयोग निकै बढेको छ। सन् २०३० भित्र एसिया प्यासेफिक क्षेत्रले विश्वको केमिकल बिक्रीको दुई तिहाई ओगट्ने अनुमान गरिएको छ। पछिल्लो समयमा समयमा उद्योगीहरु ग्री्रन र दीर्घकालीन केमिकल उत्पादनमा विशेष ध्यान दिएका छन्। विशेषत लगानीकर्ता, उत्पादक, बिक्रेता, प्राज्ञिक क्षेत्र र सरकाले संयुक्त रुपमा काम गर्न ढिलो भइसकेको सो अध्ययनले औँल्याएको छ।

ताजा समाचार

सम्बन्धित समाचार