Thursday, October 3, 2024

जलवायु परिवर्तनः डेरीबाट उत्पन्न हुने उत्सर्जन कम गर्ने प्रतिवद्धता

काठमाडौं–जलवायु परिवर्तनको असर कम गर्न एक डेरी उद्योगले गाईदेखि सुपरमार्केटसम्मको सञ्चालन प्रक्रियालाई कार्बन तटस्थ बनाउने प्रतिवद्धता व्यक्त गरेको छ। सन् २०५० सम्म  गाईका २ हजार वटा फार्ममा यो प्रक्रिया लागू गर्ने घोषणा गरिएको छ।

अर्ला फुडस नामका डेरी सहकारीले यसका लागि आगामी दशकमा आमुल परिवर्तनको आवश्यकता पर्ने वताएको छ। सो संस्थाले भनेको छ,‘यो महत्वकाँक्षी योजना हो तर, यसलाई प्राप्त गर्न सकिन्छ।’

विशेषत डेरी उद्योगमा दूधलाई तातो र चिसो वनाउन प्रयोग हुने ग्यासले जलवायु परिवर्तनमा प्रतिकूल असर गरिरहेको छ। अर्ला युरोपको एउटा ठूलो सहकारी हो र यसका १० हजार ३ सय सदस्यले कार्बनडाइअक्साइडलाई तटस्थ बनाउने लक्ष्य लिएका छन्।

बेलायतमा मात्र यसका २ हजार कृषक छन्। यो महत्वकाँक्षी योजना भएपनि सबैले मिलेर काम गरेमा यो लक्ष्य प्राप्त हुने विश्वास गरिएको छ। कम्पनीले यस अगाडि नै आफ्नो उत्पादन प्रक्रियामा कार्वनडाइअक्साइडको मात्रा २० प्रतिशतले कम गरिसकेको दाबी गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार