काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
गोरखापत्र
– आजको गोरखापत्रमा विकास कुनै कारणले रोकिँदैन शिर्षकमा यादवराज पुरी, सञ्जयकुमार मिश्र र कृष्ण तिवारीको समाचार छापिएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरताका कारण देश विकास सहज भएको बताएका छन् ।
रौतहटको मध्यक्षेत्र गरुडामा शनिबार आयोजित प्रदेश २ स्तरीय नेकपाको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् । प्रदेशस्तरीय नेकपाको यो पहिलो आमसभा हो ।
राजधानी
– आजको राजधानीमा डढेलो रोक्न जुटे प्रदेश सरकार शिर्षकमा समाचार छापिएको छ । देशभर १९ हजारको हाराहारीमा सामुदायिक वन रहेकामध्ये अधिकाशं जंगलमा चैत–वैशाखमा धेरै आगलागी हुने गरेका छन् । वन क्षेत्रमा हुने आगलागीका कारण बर्सेनि हजारौं वन्यजन्तु मर्ने गरेका छन् ।
वनमा हुने आगलागी कम होस् भन्ने उद्देश्यका साथ वन व्यवस्थापन समितिले आफ्नो वन क्षेत्रभित्र डढेलो नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकारले प्रदेशस्तरमा नै डढेलो नियन्त्रण गर्नका लागि निर्देशिका निर्माण गरेर काम गर्न निर्देशन दिएको छ । पछिल्लो सयम ढडेलो नियन्त्रण गर्न गण्डकी प्रदेशले नियन्त्रणका लागि निर्देशिका निर्माण गरी स्थानीय तहमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएको छ । अन्य प्रदेशहरूमा सबैभन्दा बढी आगलागी हुन सक्ने प्रदेशको रूपमा रहेको प्रदेश २ ले भने प्रक्रिया सुरु गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।
नेपाल समाचारपत्र
– आजको समाचारपत्रमा खानेपानी अभाव भएपछि धारामा पनि भोटे ताला शिर्षकमा समाचार छापिएको छ । घरको ढोका हो स वा बाकसमा ताला लगाउने कुरा त सामान्य हो । बहुमूल्य धनमान हराउने र चोरी हुने डरमा होस वा जथाभावी प्रयोग नहोस् भने पनि ताला लगाउने गरिन्छ ।
तर, पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका बासिन्दाका लागि बहुमूल्इ सामग्री जस्तै छ धाराको पानी पनि । धारामा आउने पानी जथाभावी प्रयोग नहोस भनेर यहाँका बासिन्दाले धारामै ताला लगाएर बन्द गर्दै आएका छन् । चाहिनेभन्दा धेरै थोरै पानी आएपछि जतन गर्न धारामै ताला लगाउँदै आएका हुन् ।
नागरिक
–आजको नागरिकमा भोकभोकै मरे भेँडाच्यांग्रा शिर्षकमा सुशीलबाबु थकालीको समाचार छापिएको छ। बाक्लो हिमपातले चरनसमेत पुरिएपछि हिमाली जिल्ला मुस्ताङमा सयौँको संख्यामा भेडाच्यांग्रालगायत पशु मरेका छन् । लोमान्थाङ गाउँपालिकाको चुङजुङका किसानले पालेका भेँडाच्यांग्रा मरेका हुन् । गाउँका चारजना किसानले पालेका ती भेँडाच्यांग्रा मरेको स्थानीयले बताए पशु मरेपछि किसानले ठूलो क्षति भोग्नु परेको छ ।