Saturday, October 19, 2024

अर्ना गणना अभियान शुरु

कोशीटप्पु वन्यजन्तु आरक्षमा तीन दिने अर्ना गणना अभियान थालनी गरिएको छ ।

बराहक्षेत्र नगरपालिका प्रमुख नीलम खनाल र सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले संयुक्त रुपमा मंगलवार सो अभियानको शुरुवात गरेका हुन् । हरेक दुई वर्षको अबधीमा अर्ना गणना गर्न थालिएको हो ।

विसं २०७२ सालमा गरिएको गणना अनुसार सो आरक्षमा ४ सय ३२ अर्ना थिए । एक वर्ष अगाडी त्यहाँबाट १३ अर्ना चितवना लगिएको छ थियो । अभियानलाई सम्वोधन गदै खनालले यस क्षेत्रको सबै मिलेर सम्वोधन गर्नुपर्ने वताए । उनले सो सम्पदाले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग गरिरहेको वताए ।

ताजा समाचार

सम्बन्धित समाचार