Wednesday, November 20, 2024

पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रा

कैलाली–पर्यटन प्रवर्द्धनका लागि कैलालीदेखि कञ्चनपुरसम्म साइकल यात्रा सुरु गरिएको छ।

युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा ‘सुदूरपश्चिम साइकल यात्रा –२०७५’सुरु भएको हो।

दुई जिल्लाका पर्यटकीय क्षेत्रमा साइकल यात्रा गरिने आयोजकले जनाएको छ। बिहीबार कैलालीको धनगढीमा साइकल यात्रीहरूले सिटी टुर गरेका थिए। उनीहरूले धनगढीको पर्यटकीय क्षेत्र जाखौरताल, नैनादेवी, एयरकाफ्ट म्युजियम यात्रा गरेका थिए।

शुक्रवार धनगढीको रंगशालादेखि सुरु भएको साइकल यात्रा शनिवार महेन्द्रनगर पुगेर यात्रा समापन हुने ‘टुर दी फारवेष्ट साइकल यात्रा’का संयोजक टेकराज पनेरुले बताए।

साइकल यात्रामा देशभरका ४० जनासहित ६० साइकल यात्रीहरूको सहभागिता रहेको छ। नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुग्ने उद्देश्यले साइकल यात्रा गरिएको संयोजक पन्तले बताए।

‘यहाँका पर्यटकीय क्षेत्रको पचारपसार गर्नका लागि साइकलन यात्रा गरिएको हो,’उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार