Monday, April 21, 2025

पानीको सुरक्षामा ध्यान दिन जरुरीः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दकिशोर पुनले पानीको सुरक्षालाई ध्यान दिन आग्रह गरेका छन् ।

राजधानीमा “ पानी, वातावरण र जलवायु परिवर्तन : ज्ञानको आदानप्रदान र साझेदारी” विषयक तीन दिवसीय अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गदै पुनले सो कुरा वताएका हुन् ।

सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले बढ्दो जनसंख्या र शहरीकरणको चापले पानीको स्रोत, वनजंगल र जमीनमा मानवीय चाप पर्दै गएको उल्लेख गर्दै जीवनको आधारको रुपमा रहेका पानीको आपूर्ति अत्यन्त संवेदनशील भएको वताए । उहाँले घरायसी उपयोग, कृषि र औद्योगिक प्रयोजनमा पानीको माग बढ्दै गएको बताउँदै उनले भने,“ पानी अमूल्य छ, यसको सुरक्षामा ध्यान दिन जरुरी छ ।”

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले पढाउनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो ।सम्मेलनको उद्घाटन समारोहलाई विशेष वक्ताको रुपमा संबोधन गर्दै दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुड. सूले जीवनको प्रमुख आधारको रुपमा रहेको पानीको व्यवस्थापन अत्यन्तै चुनौतिपूर्ण रहेको बताए । उनले मानव सभ्यताको शुरुआत नदी किनाराहरुबाट भएको उल्लेख गर्दै खाद्यान्न, सिंचाई र यातायातमा पानीको बहुआयामीक उपयोगको बारेमा पनि प्रकाश पारेका थिए ।

उहाँले बढ्दो जनसंख्या, तीव्र शहरीकरण, बढ्दो औद्योगिकरणका कारण पानीको अभाव बढ्दै जानुको साथै पानीको प्रदूषण बढेको र व्यवस्थापनमा उचित ध्यान नपुगेकोले विश्वभर प्राकृतिक विपत्तिहरुको निरन्तर सामना गर्नुपरेको पनि उल्लेख गरे ।

ताजा समाचार

सम्बन्धित समाचार