गौरीगंगाका चार वटा वडालाई पर्यावरणमैत्री बनाउने निर्णय

कैलाली–गौरीगंगा नगरपालिकाले चार वटा वडालाई पर्यावरणमैत्री नमूना गाउँ (इको भिजेल) बनाउने निर्णय गरेको छ।

कार्यपालिकाको मंगलबारको बैठकले नगरपालिकाका ४, ५, ८ र ११ वटा वडालाई इको भिजेल बनाउने निर्यण गरेको हो। नगरपालिकाका मेयर भीमबहादुर देउवाले दुई महिनाभित्रमा स्थानीयहरूसँग छलफल गरी प्रारम्भीक चरणको काम सुरु गर्ने बताए।

उनका अनुसार इको भिजेलका लागि १२ वटा सूचक निर्धारण गरिएको छ। अर्गानिक खेती, रासायनिक मलको प्रयोग कम गर्ने पशुपालन गर्ने प्रोत्साहन गरिने, नवीकरणीय ऊर्जाको प्रयोगमा जोड, सुधारिएको धुवाँ रहित चुल्हो निर्माण र प्रयोग, शौचालय बनाउने तथा प्रयोग गर्ने सिकाइने लगाययतका १२ वटा सूचक रहेका छन्।

उनले आगामी ३ वर्षभित्रमा पर्यावरणमैत्री नमुना गाउँ घोषणा गरिने समेत जानकारी दिए। त्यसैगरी ओरेक नेपालले इको भिजेलका लागि नगरपालिकालाई प्राविधिक सहयोग गर्ने छ।

ओरेक नेपालका जीविकोपार्जन व्यवस्थापक सरिता थापाले आर्थिक सामाजिक सांस्कृतिक अधिकार अभियान अन्र्तगत सञ्चालित पर्यावरणमैत्री नमूना गाउँ कार्यक्रम दीगो जीविकोपार्जनको सुनिश्चितता गर्ने बताइन्।

ताजा समाचार

सम्बन्धित समाचार