Friday, October 18, 2024

वित्त आयोगकाे अध्यक्षमा पौडेलको नाम अनुमोदन

काठमाडौं–संसदीय सुनुवाइ समितिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ।
समितिको मंगलबारको बैठकले उक्त आयोगको अध्यक्षका लागि  प्रस्तावित पूर्वसचिव बालानन्द पौडेलको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

संवैधानिक परिषद्ले अध्यक्षका लागि पौडेलको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उनको योग्यता, रुचि, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेको प्रति असहमति जनाउँदै नेपाली कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदको भने बैठकमा अनुपस्थिति थियो ।

ताजा समाचार

सम्बन्धित समाचार