शुरु भयो प्रि–मनसुनकाे गतिविधि

काठमाडौं–नेपालमा यस वर्षको प्रि–मनसुनको गतिविधि शुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नयाँ प्रणालीको विकास नभइसके पनि प्रि–मनसुनको गतिविधि भने शुरु भइसकेको छ। प्रि–मनसुन अर्थात् अर्थात् मनसुन पूर्वाद्धको समय हो ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने गर्छ। यो समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने समस्या पनि देखा पर्ने गर्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार हावाहुरी र चट्याङको समस्या प्रि–मनसुनको मध्यतिरबाट बढी हुने गर्छ। यो समयमा देशका पहाडी भेगको मौसम प्रभावित बनिरहने उनको भनाइ छ। प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने उनको भनाइ छ ।

जुन दोस्रो सातादेखि सेप्टेम्बर चौथो साता नेपालका लागि सक्रिय मनसुन अवधि हो भने नोभेम्बर महिना मनसुन उत्तराद्र्ध अर्थात् ‘पोस्ट मनसुन’ अवधि हो।

डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन्।

ताजा समाचार

सम्बन्धित समाचार