Wednesday, November 20, 2024

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा – वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ। सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए। यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन।

उनले भने, “अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ ।” उनले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताए। पाँच सय यात्रु बोक्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार