Wednesday, November 20, 2024

पत्रपत्रिकामा आज : अलपत्र सडक, अस्तव्यस्त नगर, गुठी जग्गामा माफियाको चलखेल

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातारणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।

कान्तिपुर
–आजको कान्तिपुरमा बाटो छेक्यो हिउँले शिर्षकमा आश गुरुङ र हरि गौतमको समाचार छापिएको छ। मनाङमा फागुन १ मा नयाँ शैक्षिक सत्र सुरू भए पनि विद्यालय हिउँले ढाकिएकाले पठनपाठन हुन सकेको छैन। बाटामा हिउँ थुप्रिएपछि एस्काभेटरको सहायताले हटाउन थालिएको छ। उपल्लो मुस्ताङको लोमन्थाङ र डालोमेका चरन खर्कमा बाक्लो हिउँमा पुरिएर चौंरीगाई र भेडाच्यांग्रा मर्न थालेका छन्।

विद्यालय खुलाउन मनाङको माथिल्लो भेग हिँडेका शिक्षक हिमपातले बाटो अवरुद्ध भएपछि बीचबाटै फर्किएका छन् । हिमपातले नासों–९ दानाक्युबाट चामे हुँदै मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सडक र गोरेटो सबै बन्द छन् ।

मनाङमा फागुन १ मा नयाँ शैक्षिक सत्र सुरु भएको छ । हिमपातका कारण माथिल्लो मनाङमा पठनपाठन सुरु हुन सकेको छैन । स्कुलहरू हिउँले छोपिएको स्थानीयले बताए । चामे र नासों गाउँपालिकाका स्कुल भने फागुन १ देखि खुलिसकेका छन् ।

नागरिक
–आजको नागरिकमा अलपत्र सडक, अस्तव्यस्त नगर शिर्षकमा मोहम्मद हबिबको समाचार छापिएको छ । निर्माणाधीन सडकका कारण भैरहवा नगरक्षेत्र अस्तव्यस्त बनेको छ। सिद्धार्थनगर नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्र्तगत भैरहवाका प्रायः सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको हो।

निर्माणको ठेक्का पाएको चाइना ग्वान्जाओ शर्मा जेभीले काम सुरु गरेर अलपत्र अवस्थामा छाडेपछि अहिले भैरहवामा दुई दर्जनभन्दा बढी बाटोका प्रयोगकर्ता प्रभावित भएका छन्। एउटै ठेकेदार कम्पनीले एउटा बाटो बनाउन सुरु गरेर त्यो पूरा नहुँदै अर्को थाल्ने गरेका कारण भैरहवाका अधिकांश सडक अधुरै छन्, निर्माण हुन सकेका छैनन्। क्षेत्रीय सहरी विकास योजनाअन्र्तगत भैरहवामा अहिले ढल, सडक निर्माण लगायतका काम तीव्र गतिमा हुनुपर्ने भए पनि त्यसो हुन सकेको छैन। भैरहवाका गल्लामण्डी, हाटबजार पथ, बैंककलोनी, भैरहवा गाउँ, गोनहिया जाने बाटो, रंगशाला पथ लगायतका मुख्य बाटा नै अहिले अलपत्र अवस्थामा छन्।

राजधानी
–आजको राजधानीमा चुरे क्षेत्रबाट अबैध ढुंगा बोक्ने ९ वटा ट्याक्टर नियन्त्रणमा शिर्षकमा रमेश तिमलसिनाको समाचार छापिएको छ। अवैध रुपमा चुरे क्षेत्रबाट ढुंगा उत्खनन गर्ने ९ वटा ट्याक्टरलाई डिभिजन वन कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका वाड नं। ३ गैडाटारको चादी नदीको शिर चुरे क्षेत्रबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गदै गरेको अबस्थामा ति ट्याक्टरलाई वनले नियन्त्रणमा लिएको हो।

चन्द्रपुर नगरपालिका वाड नं। ३ गैडाटारको चादी नदीको क्षेत्रबाट ति ट्याक्टरहरुलाई वन कार्यालयले पक्राउ गरेको हो। चुरे क्षेत्रबाट ढुंगा उत्खनन गरिरहेको अबस्थामा सोमबार डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरबाट गएको टोलीले ९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिएका छन्।

अन्नपूर्ण पोस्ट
– आजको अन्नपूर्ण पोस्टमा गुठी जग्गामा माफियाको चलखेल शिर्षकमा सुरन्दै काफ्लेको समाचार छापिएको छ । मृगस्थली गोरखनाथ गुठीको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिलाई नामसारी गरिएको छ। नापी र मालपोतका कार्मचारी तथा भूमाफियाले साविकको बालाजु गाविस २ ‘क’ को कित्ता नम्बर ३४३ को २ रोपनी ७ आना गुठीको जग्गा प्लटिङ गरी व्यक्तिलाई नामसारी गरेका हुन्।

०२२ सालमा जग्गा ऐनअनुसार गुठीको नाममा दर्ता भई संस्थानले पुर्जा पाएको अभिलेख सुरक्षित छ। जग्गाधनी पुर्जामा गुठीको जग्गा भएको स्पष्ट देखिन्छ। ०४५/४६ सालतिर दोस्रो नगर नापी हुँदा धेरै कित्ताकाट भएको पाइन्छ।

त्यस्तै अब माछापुच्छ्रेमा आरोण हुने शिर्षकमा छेटु शेर्पाको समाचार छापिएको छ । आरोहण अनुमति बन्द गरिएको माछापुच्छ्रे हिमाल (६ हजार ९ सय ९३ मिटर) को आरोहण खोलिने भएको छ। गुरुङ समुदायले देवता मानेर आरोहणमा रोक लगाएपछि अनुमति दिन बन्द गरेको माछापुच्छ्रेको आरोहण फेरि पर्यटन विभागसँग सहकार्य गरी खोलिने भएको हो। उक्त हिमाल आरोहण खोल्न माछापुच्छ्रे गाउँपालिकाले पहल थालेको हो।

ताजा समाचार

सम्बन्धित समाचार