काठसहित एक जना पक्राउ, ६ जना फरार

महेन्द्रनगर–कञ्चनपुरमा काठ तस्करीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका– ५ मा रहेको हरियाली सामुदायिक वनबाट सालको काठ तस्करी गरेको आरोपमा सबडिभिजन वन कार्यालय वाणीले भरत कामीलाई पक्राउ गरेको हो। कामी कृष्णपुर– ४ का बासिन्दा हुन् ।

सबडिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितलेका अनुसार काठ तस्करीमा संलग्न अन्य ६ जना वन कार्यालयको टोली देखेर भागेका छन्। उनीहरुको खोजी भइरहेको पण्डितले बताए।

ताजा समाचार

सम्बन्धित समाचार