मस्को– राष्ट्रपति निकोलस मदुरोले भनेजुयलाको लिसवनस्थित राज्य सञ्चालित प्राकृतिक तेल तथा ग्यास कम्पनी (पिडिभीएसए) को अफिसलाई मस्कोमा सार्न निर्देशन गरिसकेको उपराष्ट्रपति देल्सी रोद्रिगेजले बताएका छन् ।
रूस भ्रमणमा रहेका उपराष्ट्रपति रोद्रिगेजले भने, “भेनेजुयलाले तेल तथा ग्यास उत्पादनलाई बढाउने र यसका लागि रूसी विशाल तेल उत्पादन कम्पनी गाजप्रोमसँग सहकार्य गरिनेछ ।” यसका लागि आवश्यक प्रक्रिया शुरू गर्न लागिएको
उनको दावी थियो ।
रोद्रिगेजले रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, “अहिले तेल कम्पनी सार्ने समय भएको छ । हामीले हाम्रो सम्बन्धलाई पुनः स्थापित गरेर अघि बढ्ने समय आएको छ ।
यूरोपले हामीलाई आवश्यकतालाई सुनिश्चित गर्न सकेन किनकि पूँजीवादी संसारले उसको आफ्नै कानूनलाई पनि तोडेको छ । उनीहरूले हाम्रो सम्पत्तीको सुरक्षामाथि सुनिश्चितता गर्न सकेनन् । ”
उनले भने , “बेलायतले बैंक अफ इङ्ल्याण्डमा रहेको भेनेजुयलाको सुन र संयुक्त राज्य अमेरिकाले पिडिभीएसएको अमेरिकास्थित शाखा सिट्गो पेट्रोलियमको सम्पत्तीको ‘व्यवहारिक चोरी’ गरेको छ ।
भेनेजुयलाले कानूनसम्मत हिसाबबाट पाउने ब्याजलाई अन्तर्राष्ट्रिय कानूननको सहायतामा फिर्ता गरिछाड्ने पनि उहाँले बताए । (रासस÷सिन्ह्वा)





