Wednesday, November 20, 2024

आज, भोली र पर्सीको मौसम : बदलीसँगै हल्का वर्षा र हिमपात

काठमाडौँ – पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आइतबार पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ।

माैसमविद राजु प्रधानाङ्गका अनुसार आइतबार दिउँसो देशभर मौसम सामान्य बदली रहनेछ भने केही स्थानहरूमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च हिमाली भू–भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आइतबार राति देशको पूर्वी भू–भाग लगायत मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ, देशका उच्च पहाडी र हिमाली भू–भागहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै भोली(सोमबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ, अपरान्ह पश्चात देशको पश्चिमी भू–भागका केही स्थानमा साथै मध्य र पूर्वका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

सोमबार राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ, बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

त्यसैगरी पर्सी(मंगलबार) दिउँसा देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ, बाँकी भू–भागमा आंशिक बदली रहनेछ, अपरान्ह पश्चात देशको पूर्वी पहाडी भू–भागका केही स्थानमा र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ भने मंगलबार राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी दुई दिन बदली भएपनि बुधबारदेखि भने मौसम पूर्णरुपमा सफा हुने मौसमविद प्रधानाङ्ग बताउँछन् । अहिलेको मौसम प्रणाली पहिलाको जस्तो छैन्, उनले भने, मौस प्रणाली धेरै नै कमजोर छ, त्यसैले आज भोली र पर्सी क्षणिक वर्षा भएपनि बुधबारबाट मौसम पूर्णरुपमा सफा हुन्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार