काठमाडौं–पश्चिमी वायुको न्यून चापीय प्रभावका कारण मुलुकका प्रायः भुभागमा वर्षा हुँदा पहाडी हिमाली भेगमा हिमपात भएको छ । बिहीबार काठमाडौं उपत्यकामा समेत हिमपात भयो। हिउँले डाँडा सेताम्मे बनेका छन्, भने कतिपय क्षेत्रको जनजीवन प्रभवित बनेको छ।
यद्यपिमध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन मौसममा सामान्य बदली रहने महाशाखाका वरिष्ठ मौसमविद् सुदन सुवेदीले जानकारी दिए।
ताप्लेजुङको सुकेटार विमानस्थलमा हिमपात। तस्वीरः नारायण ढुंगाना, रासस
गएको २४ घण्टामा जुम्लामा सबैभन्दा बढी ३० मिलीलिटर वर्षा भएको थियो भने काठमाडौँमा २९ मिलिलिटर वर्षा भएको विभागको तथ्यांक छ। गत २४ घण्टामा काठमाडौँको अधिकतम् तापक्रम १६.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो।
पर्यटकीय स्थल नगरकोटमा परेको हिउँ । तस्विर : रमेश गिरी, भक्तपुर, राससआफ्नो घरको आँगनमा परेको हिउँ सफा गर्दै नगरकोट तेलकोटकी महिला । तस्बिर ः रमेश गिरी, भक्तपुर, राससवर्षपछि भक्तपुरमा बिहीबार भएको हिमपातमा हिउँ खेलेर रमाउँदै नगरकोटका युवा । तस्बिर : रमेश गिरी, भक्तपुर, राससभक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृतिसँग रमाउँदै आन्तरिक पर्यटक । तस्वीरः रत्न श्रेष्ठ, राससदैलेखको गुराँसेमा परेको हिउँले छोपिएको बन्दाकोपी । तस्बिर ः हिक्मतबहादुर नेपाली, दैलेख, राससहिमपातले ढाकेको दैलेखको गुराँसे गाउँ । तस्बिर : हिक्मतबहादुर नेपाली, दैलेख, रासस