बहुवर्षीय आयोजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिँदै

काठमाडैं–सरकारले बहुवर्षीय आयोजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी थालेको छ।

भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठका अनुसार हाल ले ठेक्का लागेका बहुवर्षीय आयोजना सम्पन्न प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने छ। र, योसँगै आगामी चरणमा बन्ने बहुवर्षीय योजना पनि प्रदेश र स्थानीय तहले नै सञ्चालन गर्नेछन्।

मन्त्रालयका अनुसार उक्त आयोजनाअन्तर्गत २६ अर्बको ठेक्का भइसकेको छ। मुख्य सडक, राजमार्ग, मित्रराष्ट्रसँग जोडिएका सीमा क्षेत्रका सडक, व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएका सडक संघीय सरकारको मातहत रहनेछन्। ‘स–सना एकल सडक, ५० मिटरभन्दा तलका पुल निर्माणको कार्य वा जिम्मेवारी सरोकारवाला प्रदेश तथा स्थानीय तहको हुने व्यवस्था गर्न लागिएको छ,’ उनले भने।

मन्त्री महासेठले गत माघ मसान्तभित्र मन्त्रालयअन्तर्गतका कार्यक्रममा ३० प्रतिशत प्रगति हासिल भएको जानकारी दिँदै असार लागेपछि हतारमा गरिने निर्माण क्षेत्रका कार्यलाई चालू आवदेखि रोक लगाइने र राष्ट्रिय गौरवका आयोजनालाई भने निरन्तरता दिइने नीति मन्त्रालयले लिएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार