काठमाडौँ– चितुवाको छालाको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका–१४ कलंकी स्यूचाटारबाट चितुवाको छालासहित ३ जनालाई बुधवार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ललितपुर टिकाथली बस्ने सिन्धुलीका ४१ वर्षीय शिखरनाथ चौलागाई, काठमाडौँ कलंकी स्युचाटार बस्ने सिन्धुलीका २६ वर्षीय सुमन आले मगर र ललितपुर टिकाथली बस्ने सिन्धुलीका ३१ वर्षीय राजन पहाडी रहेका छन्।
स्युचाटारस्थित घरमा चितुवाको छाला बेचबिखन गर्न केही मनिसहरु चितुवाको छाला लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई सो घर तलासी गर्ने क्रममा झोलाभित्र चितुवाको छाला लुकाइछिपाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।





