काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनास्थलमा ६ जनाको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना यात्रु र क्याप्टेन रहेको एयर डाइनेष्टीको कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको हेलिकोप्टर फुङ्ग्लिङ्ग १० तारेभिरमा दुर्घटनाग्रस्त भएको थियो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार दुर्घटनास्थलमा ६ जनाको शव फेला परेपनि पहिचान हुन सकेको छैन। हेलिकोक्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका सञ्चालक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश भाेछिभाेया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र मन्त्री अधिकारीका पिएसाे अर्जुनकुमार घिमिरे सवार थिए।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।





