Tuesday, July 1, 2025

पर्यटन मन्त्री अधिकारीसहित चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ।

गृहमन्त्रालयका अनुसार ताप्लेजुङको पाथीभरा मन्दिरबाट दिउँसो १ बजे उडेको एयर डाइनेष्टीको कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएकाे हेलिकोप्टर सोही जिल्लाको फुङ्ग्लिङ्ग १० तारेभिरमा दुर्घटनाग्रस्त भएको हो। घटनाको गृहसचिव प्रेमकुमार राईले पुष्टि गरे। यद्यपि, घटनाको विवरण प्राप्त भइसकेको छैन।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।

हेलिकोक्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। हेलिकोप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका सञ्चालक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश भाेछिभाेया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र मन्त्री अधिकारीका पिएसाे अर्जुनकुमार घिमिरे सवार थिए।

ताजा समाचार

सम्बन्धित समाचार