कैलाली–सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुनः हिमपात सुरु भएको छ।
सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा,बाजुरा र डोटी क्षेत्रका हिमाली क्षेत्रमा हिमपात परेको हो।
डडेल्धुराको स्याउले, भालुमारे र बैतडीको खोड्पे, सतबाज, श्रीभावरमा हिमपात भएको छ। साथै, बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका र बङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ भने दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, लगायतका ठाउँमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ।
त्यस्तै डोटीका स्वाँडा,मछिन्तोला लगायतका क्षेत्रमा समेत हिमपात भएको प्रहरीले जनाएको छ।वर्षा र हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ।





